कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगरका ४७ वर्षका पुरुष रहेका छन् ।
उनको उपचारका क्रममा सोमबार बेलुका कोशी अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि आफन्तले उनलाई आइतबार कोशी अस्पताल ल्याएका थिए । सोमबार दिउँसो कोरोना पोजिटिभ आएका उनको बेलुका मृत्यु भएको हो ।