८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

प्रदेश २ को सञ्चारसम्बन्धी विधेयक त्रुटिपुर्ण भन्दै प्रदेश प्रमुख परियारले फिर्ता पठाए




धनुषा । प्रदेश २ को सञ्चारसम्बन्धी विधेयक प्रदेश प्रमुख तिलक परियारले फिर्ता पठाएका छन् । प्रदेशसभाबाट सर्वसम्मतले पारित भएको विधेयकमा विभिन्न त्रुटिहरु पाइएपछि फिर्ता पठाइएको हो ।

प्रदेशसभाबाट असार १३ गते पारित भएको विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुख कार्यालय पठाइएको थियो । विधेयकमा भाषा अशुद्धता लगायतका त्रुटि पाइएपछि अनौपचारिक रुपमा फिर्ता पठाइएको प्रदेश प्रमुख कार्यालयका कानून अधिकृत गोकुल भुजेलले बताए ।

शब्दको अशुद्धताले भोली कानुनी ब्याख्या गर्दा समस्या आउने भएकाले त्रुटिहरु सच्चयाएर ल्याउन अनौपचारिक रुपमा फिर्ता पठाइएको उनले प्रष्ट पारे ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ८ : २९ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.