८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु




विराटनगर । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगरका ४७ वर्षका पुरुष रहेका छन् ।
उनको उपचारका क्रममा सोमबार बेलुका कोशी अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि आफन्तले उनलाई आइतबार कोशी अस्पताल ल्याएका थिए । सोमबार दिउँसो कोरोना पोजिटिभ आएका उनको बेलुका मृत्यु भएको हो ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ७ : १७ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.