६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

बागमती प्रदेशकी उपसभामुख तामाङलाई कोरोना पुष्टि




काठमाडौं । बागमती प्रदेशकी उपसभामुख राधिका तामाङलाई कोरोना पुष्टि भएको छ । हेटौंडामा रहेको किटजन्य अनुसन्धान तालिम केन्द्रमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

कन्ट्याक्ट ट्रेसिङको क्रममा परीक्षण गर्दा सोमबार उनको कोरोना रिपोर्ट पोजिटिभ आएको हो । उनलाई कोरोना देखिएपछि उनको सम्पर्कमा  आएका व्यक्तिको पनि खोजी भइरहेको बताइएको छ ।

उनको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी  गरी परीक्षण गरिने छ ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ४ : ५५ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.