नवलपरासी। नवलपरासीका एक युवाले आफै चारपाँग्रे गाडी निमार्ण गरेका छन् । नवलपरासीको गैँडाकोटका १९ वर्षीय मुस्कान सापकोटाले आफैले चारपांग्रे गाडी निमार्ण गरेका हुन् ।
आफ्नो पुरानो एनएस मोटरसाइकलको इन्जिन प्रयोग गरेर चारपांग्रे गाडी निमार्ण गरेको सापकोटाले बताए । मिनि जीपको डिजाइनमा बनेको उक्त गाडीमा अगाडी चालकसहित २ जना बस्ने मिल्ने र पछाडि सामान समेत राख्न मिल्ने गरी उनले बताए ।
लकडाउनको अवधिमा आफुले पुरानो मोटरसाइकलको इन्जिन प्रयोग गरेर आफ्नै साढे तीन लाख खर्चमा गाडी निमार्ण गरेको सापकोटाको भनाई छ । सरकारले आफु जस्ता युवाको प्रतिभालाई सम्मान र सहयोग गरेमा नेपालमै धेरै गर्न सकिने उनी बताउँछन् ।
सापकोटा गैडाकोटस्थित विजय सामुदायिक शिक्षा सदनमा अध्ययन गरी सोही विद्यालयमा कम्प्युटर अपरेटर पदमा काम गर्दै आएका छन् ।
साभार भिडियो
https://www.facebook.com/anamolpost/videos/312553516619262