६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

पाटन अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु 



ललितपुर । ललितपुरको पाटन अस्पतालमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं भोटाहिटीकी ५८ वर्षीया महिला रहेकी छन् ।

उनलाई साउन २८ गते कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि पाटन अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसअघि आइतबार पनि पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  २ : ४५ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.