७ श्रावण २०८१, सोमबार | Tue Jul 23 2024

भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका युवकको मृत्यु, कोरोना रिर्पोट आउन बाँकी




इलाम । भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलामको सूर्योदय नगरपालिकाको ९ का २२ वर्षीया पुरुष रहेका छन् ।

भारतको हैदराबादबाट आएर गत साउन २६ गतेदेखि क्वारेन्टिनमा बस्दै आएका उनको गएराति मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले उपचार गरेको थियो । छाती दुख्ने, ज्वरो आउने र सास फेर्न समस्या हुने जस्ता लक्षण देखिएका उनको उपचार गरेपनि ठिक नभएर मृत्यु भएको थियो ।

उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको र रिर्पोट आउन बाँकी रहेकाे बताइएको छ ।

 

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  १ : ३२ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.