७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीच छलफल




काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी ओली, अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति शेरबहादुरबीच छलफल सुरु भएको छ ।

सत्तारुढ नेकपाको सचिवालय बैठक सकिएलगत्तै कांग्रेस सभापति देउवा बालुवाटार पुगेका थिए । बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीच संवैधानिक निकायमा नियुक्तीका बिषयमा छलफल भइरहेको बताइएको छ ।

बैठकमा पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशैभरी बढिरहको कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका बिषयमा समेत छलफल भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  १ : २१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.