काठमाडौं । सत्तारुढ नेकपाको सचिवालयले अध्यक्षद्वय केपी ओली र प्रचण्डले बनाएको कार्यदललाई अनुमोदन गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सोमबार बिहान बसेको नेकपा सचिवालय बैठकले पार्टी विवाद सुल्झाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यिय कार्यदललाई अनुमोदन गरेको हो ।
पार्टीमा देखिएको विवाद समाधानका लागि अध्यक्षद्वयले बिहीबार महासचिव पौडेलको नेतृत्वमा कार्यदल बनाएको थियो । तर वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ ९प्रकाश०ले सचिवालयबाट गठन वा अनुमोदन गर्नुपर्ने बताएका थिए ।
कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहेका छन् ।
कार्यदलले पार्टीभित्रको विवाद समाधान गर्न पार्टीको महाधिवेशन मिति, दुई अध्यक्षको जिम्मेवारी बाँडफाड, शक्ती सन्तुलन, मन्त्रिमण्डल पुर्नगठन, केहि मुख्यमन्त्री फेर्ने लगायतका बिषय समेटेर प्रतिवेदन ल्याउन सक्ने बताइएको छ ।