काठमाडौं । सत्तरुढ नेकपाको सचिवालय बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
पछिल्लो समय पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा छलफल गर्न बनेको कार्यदेश निर्धारण गर्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ ।
महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनेको कार्यदलमा स्थायी समिति सदस्यहरू भीम रावल,पम्फा भुषाल,जनार्दन शर्मा,सुरेन्द्र पाण्डे र शंकर पोखरेल रहेका छन्।
कार्यदलको माग अनुसार सचिवालय बैठक बसेको बताइएको छ ।