८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

कोरोना संक्रमणबाट उत्तर प्रदेशका मन्त्री चेतन चौहानको मृत्यु




भारत । कोरोनाबाट संक्रमणबाट भारतको उत्तर प्रदेशका मन्त्री चेतन चौहानको मृत्यु भएको छ । १९ जुलाईमा कोरोना संक्रमण भएपछि गुरुग्राम मेदान्ता अस्पतालमा उपचाररत रहेका उनकाे उपचारकै क्रममा मृत्यु भएको हो ।

७२ वर्षीय चौहानको कोरोना संक्रमणपछि अवस्था चिन्ताजनक थियो र उनलाई कृत्रिम श्वासप्रश्वास दिएर राखिएको थियो । पूर्व भारतीय क्रिकेटसमेत रहेका चौहान सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षा मन्त्री थिए ।

उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गरेका छन् । चौहात खेलाडी जतिकै चर्चित नेताका रुपमा पनि रहेको भारतिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ८ : २४ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.