४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

एक महिनापछि नेकपाको सचिवालय बैठक आज बस्दै




काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक एक महिनापछि आज बस्दै छ । पार्टीभित्रको विवादका कारण पटक पटक स्थगित हुँदै आएको बैठक अहिले बिहान ९ बजे बस्दै छ ।

बैठकले नेकपामा जारी विवादको समाधानका लागि शुक्रबार गठन भएको ६ सदस्यीय कार्यदललाई अनुमोदन गर्ने छ । पार्टीभित्रको समस्या दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले समाधान गर्न नसकेपछि शुक्रबार महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका थिए ।

समस्या समाधान गर्ने भन्दै गठन भएको कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे सदस्य रहेका   छन् ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ८ : ०५ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.