काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशाला १२ हजार २ सय ४७ जनामा गरिएका परीक्षणमा ६ सय ४१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या २६ हजार ६ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै देशका विभिन्न अस्पतालबाट पछिल्लो २४ घण्टामा १ सय ३४ जना निको भएर घर फर्किएका मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् ।