१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025

सिन्धुपाल्चोक पहिरो पीडितलाई १ लाख राहत, अभिभावक गुमाएका बालबालिकालाई उच्च शिक्षा निःशुल्क



सिन्धुपाल्चोक । गएको शुक्रबार पहिरोमा परी ज्यान गुमाएका सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीका प्रति परिवालाई १ लाख राहत दिइने भएको छ । विपद् व्यवस्थापन समितिको बैठकले पहिरोमा ज्यान गुमाएका परिवारलाई १ लाख राहत दिने भएको हो ।

त्यसैगरी गाउँपालिकाले पनि तत्काल किरिया खर्चका लागि २५ हजार रुपैयाँ पनि दिने निर्णय गरेको छ । पहिरोमा अभिभावक गुमाएका बालबालिकालाई भने कक्षा १२ सम्म निःशुल्क आवसीय शिक्षा दिने गाउँपालिकाले जनाएको छ ।

गएको शुक्रबार बिहान आएका पहिरोमा लिदीका १८ जनाको मृत्यु भइसकेको छ । पहिरोमा ३९ जना वेपत्ता भएका थिए ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ८ : ३१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.