८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

बारा, पर्सामा ४७ र चितवनमा २७ जनामा कोरोना पुष्टि




वीरगञ्ज । देशभरी कोरोना संक्रमितको संख्या बढ्दै गइरहको छ । आजमात्रै बार र पर्सामा ४७ जना र चितवनमा २७ जनामा कोरोना पुष्टि भएको छ ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा वीरगञ्जका २० , बाराका ३, नारायणी अस्पतालका कर्मचारी ४ जना र पर्साको पोखरिया नगरपालिकाका १२ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पर्सागढी नगरपालिकाका २, विन्दवासिनी, देवरवाना, विरुवागुठी, बहुदरमाई, ठेगाना नखुलेका र रक्सौल पन्टोकाका १÷१ जनामा कोरोना पुष्टि भएको बताइएको छ ।

त्यसैगरी चितवनमा पनि डाक्टर र नर्ससहित २७ जनामा कोरोना पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा  गरिएको परीक्षणमा चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ८ : ११ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.