५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

समुदायमा कोरोना फैलिएपछि मध्यपुर नगर भदौ ९ सम्म लकडाउन




भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिले आफ्नो नगरक्षेत्रलाई भदौ ९ गतेसम्म लकडाउन घोषणा गरेको छ । समुदायमा कोरोना फैलिएपछि नगरक्षेत्रलाई लकडाउन घोषणा गरिएको हो ।

कोरोना संक्रमण फैलिएपछि नगर प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा आजै साँझ बसेको आकस्मिक बैठकले लकडाउन गर्ने निर्णय गरेको हो ।

अहिलेसम्म नगरपाकिला भित्र ४१ जनालाई कोरोना देखिएको छ । त्यस्तै कोराना संक्रमण देखिएको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल पनि सिल गरिएको छ । उक्त अस्पतालमा तीन जना नर्स र एक सहयोगी गरी चार जनामा कोरोना पुष्टि भएको छ ।

 

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  १० : ०० बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.