काठमाडौं । पछिल्लो समय उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा सबै भन्दा धेरै कोरोना संक्रमित देखिएका छन् । काठमाडौंका विभिन्न ठाउँमा संक्रमित देखिन थालेपछि ति ठाउँ सिल गरिएका छन् ।
त्यस्तै कोरोनाका कारण फोहोरमैला व्यवस्थापनमा पनि समस्या भएको छ । घर-घरमा गएर फोहोर उठाउन नसकिने भन्दै काठमाडौं महानगरपालिकाले अब सकेसम्म घरमै फोहोर व्यवस्थापन गर्न अनुरोध गरेको छ ।
नगरभित्रका धेरै ठाउँ सिल गरिएकाले पनि फोहोर उठाउन घर-घरमा आउन नसकिने महानगरले जनाएको छ । नेपाल सरकार, स्थानीय सरकार, सुरक्षा नियकाले सट डाउन, सिल, आवतजावतमा प्रतिबन्ध लगाएको कारणले समयमा फोहोरमैला व्यवस्थापन कार्यमा कठिनाइ परेको बताइएको छ ।
एक सूचना जारी गर्दे महानगरले अर्को व्यवस्था नभएसम्मका लागि फोहरमैला आफैले व्यवस्थापन गर्न अनुरोध गरेको छ ।