६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु




काठमाडौँ । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप तीन जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु गुमाउनेको संख्या १ सय २ पुुगेको छ ।

पछिल्लो २४ घण्टामा कपिलवस्तु, पर्सा र धनुषाका एक – एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कपिलवस्तुको मायादेवी गाउँपालिका ७ का ४० वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलममा उपचारका क्रममा मृत्यु भएको छ ।

त्यस्तै पर्साको विरगञ्ज महानगरपालिका १२ का ६० वर्षीय पुरुषको नारायणी अस्थायी कोरोना अस्पतालमा मृत्यु भएको हो ।  धनुषाको जनक नन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको हाे ।

हालसम्म नेपालमा ८० पुरुष र २२ महिला गरेर १०२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ५ : ४० बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.