काठमाडौं । नेपालमा पीसीआर परीक्षण गराउनेको संख्या ५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा ११ हजार ४ सय ४७ जनाको परीक्षण गरेसँगै पीसीआर परीक्षण गराउनेको संख्या ५ लाख नाघेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षण गराउनेको संख्या अहिलेसम्म ५ लाख ५ हजार ६ सय ६० पुगेको छ । ५ लाख बढी पीसीआर परीक्षणमा २६ हजार १९ जनामा कोरोना संक्रमण देखिएको छ भने १ सय २ जनाको मृत्यु भएको छ ।
त्यस्तै १७ हजार २ सय १ जना कोरोना निको भएर घर फर्किएका छन् ।