६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

झारफूकको वहानामा भाउजुलाई बला त्कार गर्ने पक्राउ




सल्यान । सल्यानमा झारफूक गर्ने वहानामा भाउजु नाता पर्नेलाई बला त्कार गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  जिल्लाको शारदा नगरपालिका वडा नम्बर ८ सिमखर्चका ३८ वर्षीय पुरुष रहेका छन् ।

उनले झारफुक गर्ने वहानामा आफ्नै भाउजु नाता पर्ने एक महिलालाई जवर जस्ती बला त्कार गरेको अभियोग लागेको छ । पीडित महिलाले आफूलाई जवर जस्ती बला त्कार गरेको भनि दिएको जाहेरीका आधारमा प्रहरीले साउन २९ गते ती पुरुषलाई पक्राउ गरेको हो ।

ती पुरुषले महिलालाई साउन २० गते राति करिब साढे ११ बजेतिर जवर जस्ती बला त्कार गरेको प्रहरीले जनाएको छ । पक्राउ गरिएका पुरुषलाई सल्यान जिल्ला अदातलबाट म्याद थप गरी अनुस्न्धान भइरहेको छ ।

२० गते राति बला त्कार गरेको भएपनि महिलाले भने साउन २९ गते मात्रै प्रहरीमा उजुरी दिएकी थिइन् ।

 

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ९ : ४६ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.