८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु




काठमाडों । कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना पर्साका र एक जना धनुषाका रहेका छन् ।

वीरगञ्ज महानगरपालिकाको मुर्ली बस्ने ६० वर्षीय पुरुषको शुक्रबार नारायणी अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उनलाई गत साउन २४ गते कोरोना पुष्टि भएपछि उपचारका लागि गण्डक कोभिड अस्पतालमा भर्ना भएका थिए ।

त्यस्तै धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको पनि मृत्यु भएको हो । उनलाई प्रादेशिक अस्पताल जनकपुरधामबाट थप उपचारका लागि काठमाडौं ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ८ : ५० बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.