१४ फाल्गुन २०८०, सोमबार | Mon Feb 26 2024

मन्दिर छोएको भन्दै कुट’पिट गर्ने विरुद्ध उजुरी दर्ता




कालिकोट । दलितलले मन्दिर प्रवेश गर्न खोजेको भन्दै कुट’पिट गर्नेविरुद्ध उजुरी दर्ता गरिएको छ । कालिकोटको शुभकालिका गाउँपालिका ४ मुग्राहाका २५ वर्षीय पंखबहादुर विकलाई मन्दिर प्रवेश गर्न खोजेको भन्दै कुट’पिट गर्ने समूहविरुद्ध उजुरी दर्ता गरिएको हो ।

पीडितले सोही गाउँपालिका ४ मुग्राहाका अर्जुन शाही, कमल शाही र युवराज शाही लगाएतको समूहविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन् । पंखबहादुरले जातीय विभेद विरुद्ध उजुरी गरेको बताएका छन् ।

उनलाई कुट’पिट गर्नेहरु फरार रहेकाले घट’नामा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । साउन २६ गते पंखबहादुरलाई कथित माथिल्लो जातिका युवाहरुले मन्दिर प्रवेश गर्न लागेको भन्दै जातिय गाली गर्दै कुट’पिट गरेका थिए । उनीहरुले मन्दिर जानेबीच बाटोमै उनलाई रोकेर गाली गर्दै ढुङ्गा र दाउराले कुट’पिट गरि भिरबाट खसालिदिएका थिए ।

कुट’पिटबाट पंखबहादुरको  दायाँ खुट्टा र घाँटीमा गम्भीर चेट लागेको छ । उनको अहिले जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको बताइएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ८ : २४ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.