२३ कार्तिक २०८१, शुक्रबार | Sat Nov 9 2024

आजराति देखि भदौं १५ सम्म काठमाडौं उपत्यकामा भेला, प्रदर्शन र जमघटमा रोक



काठमाडौँ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा सार्वजनिक स्थलमा हुने भेला, प्रदर्शन, पारिवारीक जमघट लगायतका दर्जन बढी सेवा  सञ्चालनमा रोक लगाइएको छ । तीन जिल्लाको संयुक्त जिल्ला सुरक्षा समितिको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै दर्जन बढी सेवा  सञ्चालनमा रोक लगाएको हो ।

उपत्यकामा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्लाभित्रै सुरक्षमा चुनौति थपिएको छ । कोरोना देखिएका ठाउँमा स्थानीय प्रशासनले सिल गर्दै आएपनि भिडभाड र जमघट भइरहेकाले यसमा पनि रोक लगाईएको बताइएको छ ।

आजको बैठकले कोरोना संक्रमण नियन्त्रण गर्न अर्को आदेश नभएसम्म जमघट, धेला, प्रदर्शनका साथै व्यापार व्यवसाय र सेवा सञ्चालन गर्न पनि नपाइने निर्णय गरेको गरेको छ ।

आजराति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्म खुल्ला स्थानमा मानिस भेला र जम्मा हुने, भीडभाड गने, सभा र जुलुस गर्ने, जात्रा महोत्सव सञ्चालन गर्ने, दैनिक नित्यपूजा बाहेक सम्पूर्ण धार्मिक गतिविधि गर्ने, स्वास्थ्य मापदण्डविपरितका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्य सम्बन्धी जमघट लगायतलाई निषेध गरिएको छ ।

बैठकले सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, स्पा, स्विमिङ पुल, जिमखाना, खेलकुद र खेल प्रस्तुति तथा पुस्तकालय सञ्चालनमा पनि रोक लगाइएको छ ।

संयुक्त सुरक्षा बैठकले संग्रहालय, चिडियाखाना, फुटपाथरखुल्ला ठाउँ र ठेलागाडा तथा साइकलबाट सञ्चालित व्यापाररव्यवसाय, कवाडी संकलन, स्वास्थ्य मापदण्ड विपरित श्रमिकरकामदार ओसारपसार तथा टेकवेबाहेक होटलररेस्टुरामा पनि जमघट गर्न प्रतिबन्ध लगाएको छ ।

प्रशासनले लगाएको नियम पालना भए नभएको अनुगमन गरी उल्लघन गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने बताइएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ७ : २२ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.