काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ राहत सामाग्री लिएर सिन्धुपाल्चोक गएका छन् । आज बिहान आएको पहिरोमा परेकाहरुका लागि राहत सामाग्री बोकेर नेपाली सेनाको हेलिकप्टरमा सिन्धुपाल्चोक गएका हुन् ।
टोलीमा गृहसचिव महेश्वर न्यौपाने, विपद व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायत पनि सहभागि छन् ।
गृहमन्त्रीले पहिरो पीडितका लागि दैनिक उपभोग्य वस्तु, टेन्ट, त्रिपाल लगायत लिएर गएका छन् ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ मा आज बिहान ६ बजेतिर आएको पहिरोमा २२ घर पुरिँदा ३८ जना बेपत्ता भएका छन् । अहिलेसम्म ८ जनाको शव फेला पारिसकेको छ भने अन्यको खोजी तथा उद्दार कार्य जारी छ ।
त्यस्तै पहिरोमा परी घाइते भएका ५ जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।