२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024

टिचिङ अस्पतालमा थप ८ जना स्वास्थ्यकर्मीमा कोरोना




काठमाडौँ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा थप ८ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ। शुक्रबार बिहान ४ र दिउँसो ४ जना गरी ८ जना स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले बताए ।

संक्रमित ८ जनामध्ये १ जना चिकित्सक र ७ जना नर्स रहेको उनले बताए । योसँगै त्रिवि शिक्षण अस्पतालमा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या २६ पुगेको छ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ४ : ५१ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.