काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडाैंका ८३, ललितपुरमा ३० र भक्तपुरका ६ रहेका छन् ।
उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।