६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

कोरोनाबाट थप चारको मृत्यु, मृतकको संख्या ९९ पुग्याे




काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा मोरङ र सिराहका १ / १ र बाराका २ गरी चार जना रहेका छन् । अहिलेसम्म ७७ पुरुष र २२ महिला गरी ९९ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ४ : ३२ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.