६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

‘सिल्धुपाल्चोक पहिरो घटनाले स्तब्ध बनायो, खोजी र उद्दारमा जुट्नुहोस’– प्रचण्ड



काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोबाट भएको मानविय र भौतिक क्षतीप्रति दुख ब्यक्त गरेका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले पहिरोको घटनाले आफु स्तव्ध भएको भन्दै वेत्तपाको खोजी र उद्धारमा जुट्न सबैलाई आग्रह समेत गरेका छन् ।

“पहिरोमा परी ७ जनाको मृत्यु र झण्डै तीन दर्जन बेपत्ता भएको घटनाले मलाई स्तब्ध बनाएको छ ।उक्त घटनामा बेपत्ता हुनुभएकाहरुको खोजी र उद्दार कार्यमा जुट्न पार्टीका नेता तथा कार्यकर्ता, युवा, स्थानीय बासिन्दा, जनप्रतिनिधि, स्वयम्सेवी र सुरक्षाकर्मीलाई आव्हान गर्दछु । पहिरोमा परी घाइते हुनुभएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु”, प्रचण्डद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गएराती परेको अविरल वर्षापछि शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२, लिदीमा पहिरो जाँदा अहिलेसम्म ५ जनाको शव फेला परेको छ भने ३८ जना वेपत्ता छन् । पहिरोमा १३ घर पुरिँदा ठूलो जनधनको क्षती भएको छ ।

प्रचण्डद्धारा जारी विज्ञप्तिमा कालीकोट जिल्लाको महावै गाउँपालिकामा गएराति गएको पहिरोमा परी एकै परिवारका ६ जनाको मृत्यु भएको घटनाप्रति पनि दुख ब्यक्त गर्दै समवेदना प्रकट गरेका छन् ।

 

 

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ३ : ५४ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.