काठमाडौं । जनमैत्री अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि सञ्चालनमा ल्याउन माग गरिएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ ले हाल बन्द रहेको जनमैत्री अस्पताल सञ्चालनमा ल्याउन माग गरेको हो ।
शुक्रबार वडा कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै उक्त अस्पताल सञ्चालनमा ल्याई कोरोना संक्रमितको सम्भावित जोखिमलाई न्युनिकरण, नियन्त्रण तथा व्यवस्थापनका लागि सहयोग गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत सबै सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
वडाध्यक्ष मुकुन्द रिजालले जारी गरेको विज्ञप्तिमा अस्पताल सञ्चालन गर्दा कुनै समस्या उत्पन्न भएमा वडा कारार्यालय र महानगरले आवश्यक सहयोग गर्ने बताइएको छ ।