काठमाडौँ । सिन्धुपाल्चोकको लिदी पहिरोमा पुरिएका ५ जनाको शव भेटिएको छ । जिल्लाको जुगल गाउँपालिका वडा नम्बर २, लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परी बेपत्ता भएकामध्ये ५ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले अनमोलपोस्टलाई जानकारी दिए ।
पहिरोमुनी पुरिएका ५ जनाको शव निकालिएको तर अहिलेसम्म पहिचान हुन नसकेको डीएसपी काफ्लेले बताए । उनकाअनुसार पहिरोमा परेर ३८ जना वेपत्ता भएका छन् ।
पहिरोमा परी घाइते भएकामध्ये ५ जनामध्ये ४ जनालाई सिन्धुपाल्चोकको चौतारा र १ जनालाई काठमाडौंको सिभिल अस्पताल पठाइएको प्रहरीले डीएसपी काफ्लेले बताए । पहिरोमा परी ३८ जना वेपत्ता भएको समेत उनले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयबाट गएको उद्धार टोली घटनास्थल पुगि उद्धारको काम गरिरहेको छ । पहिरोमा परी लिदी गाँउका कम्तीमा १३ घर पुरिएका छन् ।
घटना सुने लगत्तै सिन्धुपाल्चोकबाट सांसद तथा सभामुख अग्नी सापकोटा घटनास्थल पुगेर बस्तुस्थिती बुझेका छन् ।