जनकपुर । चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले जनकपुरको नवजीवन अस्पताल तोडफोड गरेका छन् । चिकित्सकाले शल्यक्रिया गरेपछि बिरामीको मृत्यु भएपछि आफन्तले उपचारमा भएको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै तोडफोड गरेका हुन् ।
महोत्तरीको बलवा नगरपालिका ११ भगवतीपुरका रुकमिणी सदाको पेट दुःख्ने, वान्ता आउने जस्तो समस्या देखिएपछि आफन्तले अस्पताल भर्ना गरेका थिए । उनको अस्पताल भर्ना गरेको चार दिनपछि डाक्टरले शल्यक्रिया गरेका थिए । सल्यक्रियापछि उनको बिहीबार मृत्यु भयो ।
तर अस्पतालले भने बिरामीका परिवारकै सहमतिमा सल्यक्रिया गरेको र बिरामी बचाउन नसकेको बताएको छ । शल्यक्रिया पछि चिकित्सकहरुले बिरामीको आँत पल्टिएको, गल ब्लडरमा क्यान्सर लागेको जस्तो देखिएको बताएका छन् ।