८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

सत्तारुढ नेकपाको विवाद सुल्झाउन महासचिवको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन




काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको छ ।शुक्रबार प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच भएको भेटमा कार्यदल गठन गर्ने सहमति भएको हो । कार्यदलमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे सदस्य रहेका छन् ।

कार्यदलले केहि दिनभित्रै अध्यक्ष द्वयलाई सुझाव पेश गर्नेछ । सरकार र पार्टी राम्रोसंग चलाउन नसकेको भन्दै जारी नेकपाको स्थायी समिति बैठकमा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा मागिएको थियो ।

उक्त कुरालाई ओलीले इन्कार गरेपछि पार्टीभित्र विवाद चर्किएको हो । विवाद समाधानका लागि ओली र प्रचण्डबीच पटक पटक भेटवार्ता भएपनि समाधान निस्कन सकेको छैन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  २ : १० बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.