५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

सिन्धुपाल्चोक पहिरो अपडेट : एकजनाको शव भेटियो, ५ जना घाइतेको उद्धार र ३८ जना बेपत्ता




सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिमा पहिरोमा पुरिएर ३८ जना बेपत्ता भएका छन् । पहिराले ३७ घर पुरिएका र ३८ जना बेपत्ता भएका गाउँपालिकाले जनाएको छ ।

त्यस्तै पहिरोमा परी घाइते भएका ५ जनाको नेपाली सेनाको टोलीले उद्धार गरेको छ । एक जनाको भने शव निकालिएको छ ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा पनि नेपाली सेनाको हेलिकप्टमा लिदी पुगेका छन् । उनले पहिरोले बगाएका घरको अवलोकन गरेका छन् ।

 

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  १२ : ३० बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.