५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

सिन्धुपाल्चोक पहिरो अपडेट : पाँच घरका १३ जना सम्पर्कविहीन




सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा पुरिएर पाँच घरका १३ जना सम्पर्कविहीन भएका छन् । पहिरोले पुरेका १३ घरमध्ये पाँच घरका १३ जना सम्पकविहीन भएका हुन् ।

शुक्रबार बिहान घरमाथिबाट आएको पहिरोले लिदीका १३ घर पुरेको छ भने ३० घर जोखिममा परेका छन् । पहिरोले पुरिएका घरका केही स्थानीय भने आफै निस्किएर लप्सेचौरमा बसेका छन् ।

पहिरोमा सम्पर्कविहीन भएकाहरुको खोजिका लागि प्रहरी र नेपाली सेनाको टोली घटना स्थल गएको छ । त्यस्तै काठमाडौंबाट सभामुख अग्निप्रसाद सापकोटा नेपाली सेनाको हेलिकप्टरमा घटना स्थल गएका छन् ।

गाउँपालिकाले उद्धारका लागि हेलिकोप्टरको पनि व्यवस्था गरेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  १० : १७ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.