विराटनगर । थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहा बिष्णुपुर गाउँपालिकाका ४० बर्षीय पुरुष र विराटनगर १५ का ३० बर्षीय पुरुष रहेका छन् ।
उनीहरु दुबै जनाको विराटनगरमा रहेको कोशी अस्पतालको आइसोलेसनमा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो ।