६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

पहिरोले घर पुर्दा कालिकोटमा एकैपरिवारका ६ जनाको ज्यान गयो




काठमाडौं । पहिरोले घर पुर्दा कालिकोटमा एकैपरिवारका ६ जनाको ज्यान गएको छ । जिल्लाको महाबै गाउँपालिका ३ नकुमा गएराति आएको पहिरोले घर पुर्दा ६ जनाको ज्यान गएको हो ।

पहिरोले पुरिएको घर वडा सदस्य रजबहादुर विष्टको भएको बताइएको छ । ज्यान गुमाउनेमा विष्टका दुई छोराहरु १३ बर्षीया पुष्प विष्ट र ११ बर्षीया प्रविन विष्ट, छोरीहरु १८ बर्षाीया सविना विष्ट र १५ बर्षीया आशा विष्ट रहेका छन् । त्यस्तै उनका दाई दिलबहादुर विष्टका छोरीहरु १९ बर्षीया शान्ति विष्ट र १० बर्षीया रेखा विष्टको पनि मृत्यु भएको बताइएको छ ।

अहिले स्थानीयले पहिरोमा परी ज्यान गुमाएकाहरुको उद्धार गरिरहेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ९ : २३ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.