८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

सिन्धुपाल्चोकमा पहिरो जाँदा १३ घर पुरिए, ५ परिवार सम्पर्कविहीन




सिन्धुपाल्चोक । लगातारको वर्षाका कारण सिन्धुपाल्चोकमा शुक्रबार बिहान गएको पहिरोमा १३ घर पुरिएका छन् । जिल्लाको जुगल गाउँपालिका २ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका हुन् ।

घरमाथिबाट आएको पहिरोले घर नै नदेखिने गरी पुरेको छ । पहिरोमा परी पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन छन् । उनीहरुको परिवारमा कति जना सदस्य थिए भन्ने पनि जानकारी नभएको गाउँपालिकाले जनाएको छ ।

पहिरोले पुरिएका केही घरका १५ जना भने आफैं निस्किएर लप्सीचौर भन्ने ठाउँमा पुगेको छन् । अन्यको भने केही जानकारी छैन् । पहिरोले करिब ३० घर जोखिममा रहेको छन् ।

उक्त ठाउँमा अहिलेपनि पहिरो खसिरहेकाले उद्धारमा समस्या भईरहेको स्थानीयले बताएका छन् । पहिरोमा परेकाको उद्धारका लागि गाउँपालिकाले हेलिकोप्टरकाे तयारी गरिरहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ८ : ४८ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.