कञ्चनपुर । कञ्चनपुरमा क्वारेन्टिनमा करे’न्ट लागेर मृ’त्यु भएकी राधादेबी ओडका परिवारलाई कृष्णपुर नगरपालिकाले १० लाख राहत दिने भएको छ । अव्यवस्थित क्वारेन्टिनका कारण उनको मृ’त्यु भएको भन्दै आफन्तले विरोध गरेपछि नगरपालिकाले १० लाख राहत दिने भएको हो ।
आज पीडित परिवार र नगरपालिकाबीच छलफल भई १० लाख ओडकी १२ महिनाकी छोरीको खातामा जम्मा गर्ने सहमति भएको छ । त्यस्तै उनका श्रीमानलाई योग्यताका आधारमा नगरपालिकाको कार्यालयमा जागिर दिने पनि सहमति भएको छ ।
यसैगरी ओडका परिवारका लागि थप राहत उपलब्ध गराउन प्रदेश र संघ सरकारसँग पहल गर्ने र क्वारेन्टिन व्यवस्थापनको कमजोरी छानबिनका लागि समितति गठन गर्ने निर्णय समेत गरिएको छ ।
कोरोना महामारीकाबीच गएको मंगलबार भारतबाट आएर महाकाली माविको क्वारेन्टिनमा बसेकी २३ वर्षीया ओडको करेन्ट लागेर उपचार नपाई मृत्यु भएको आफन्तले बताएका छन् । नुहाउने क्रममा धारामा विजुलीको नाङको तारबाट करेन्ट लागेर घाइते भएकी उनको उपचारका लागि डेढ घण्टासम्म पनि नगरपालिकाले गाडीको व्यवस्था नगरेपछि मृत्यु भएको थियो ।