७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

२४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ९५ पुग्यो




काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुगेको हो ।

मृत्यु हुनेमा महोत्तरीका ४५ वर्षीया पुरुष, धनुषाका ८५ वर्षीया महिला, अछामका १८ वर्षीया पुरुष र मोरङका ५७ वर्षीया पुरुष रहेका छन् ।

अहिलेसम्म कोरोनाबाट प्रदेश १ मा ८ जना, २ मा ३९ जना, बागमती प्रदेशमा १८ जना, गण्डकि प्रदेशमा ६ जना, प्रदेश ५ मा १२ जना, कर्णाली प्रदेशमा ४ जना र सुदुरपश्चिम प्रदेशमा ८ जना गरी ९५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ४ : ४५ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.